उपप्रधान एवं परराष्ट्रपमन्त्री कमल थापा भोली भारत भ्रमणमा जाने

असोज २९, काठमाडौँ – उपप्रधान एवं परराष्ट्रपमन्त्री कमल थापा भोली भारत भ्रमणमाा जानु हुने भएको छ् । परराष्ट्रमन्त्री थापा नेतृत्वको उच्चस्तरीय टोली भारतीय परराष्ट्रमन्त्री सुषमा स्वराजको निमन्त्रणामा भारत जान लाग्नु भएको हो ।

मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री थापाले भारत भ्रमणबारे जानकारी दिएका हुन् । उनले पछिल्लो असहज अवस्थाबारे भारतीय उच्च नेतृत्वसँग छलफल गरिने बताएका छन् ।
मन्त्री थापाले दिल्ली भ्रमणबारे जानकारी दिँदै भारतीय विदेशमन्त्री स्वराजसँगको भेटका लागि आफू उत्सुक रहेको बताउँनु भएको हो । उहाँले, ‘दुई देशका सम्बन्धका विविध पक्षमा कुरा हुने त्यसै क्रममा आपूर्ति समस्या समाधान गर्न भारत सरकारसँग सहयोग खोजिने जनाइएको छ ।