यस्ता छन् राष्ट्रपति रामबरण यादवले गरेका राजनीतिक अभ्यास

असोज २७, काठमाडौँ – राष्ट्रपति पदलाई दलहरूले अहिलेसम्म त्यति महत्त्व दिएका छैनन्, तर गणतन्त्रको सात वर्षको अनुभव भन्छ स् सरकारको खेल जहाँ समाप्त हुन्छ, राष्ट्रपतिको कदम त्यहाँबाट सुरु हुन्छ ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले प्रधानसेनापति रुकमांगत कटवाललाई बर्खास्त गर्न १९ वैशाख ०६७ मा गरेको निर्णय राष्ट्रपति डा। रामवरण यादवले २४ घन्टाभित्र उल्ट्याइदिए ।

उनले कटवाललाई सीधै थमौतीको पत्र दिए । राष्ट्रपतिले सरकारको निर्णय उल्ट्याउन सक्छन् भन्ने एउटा उदाहरण हो ।

निर्वाचनको सिफारिस फिर्ता गरे
तत्कालीन प्रधानमन्त्री डा। बाबुराम भट्टराई नेतृत्वको सरकारले ७ मंसिर ०६९ मा संविधानसभाको निर्वाचन गर्ने निर्णय गर्‍यो । त्यो सिफारिस राष्ट्रपति डा। यादवसमक्ष पठायो । तर, राष्ट्रपतिले निर्वाचनको सिफारिस अस्वीकार गरी फिर्ता पठाइदिए ।

अध्यादेश रोके
डा। बाबुराम भट्टराईको मन्त्रिपरिषद्ले स्वीकृतका लागि पठाएको बाधा अड्काउ फुकाउसम्बन्धी अध्यादेश राष्ट्रपति यादवले ‘विचाराधीन अवस्थामा रहेको’ भन्दै लामो समय अड्काइदिए । उनले अप्रत्यक्ष रूपमा अध्यादेश संशोधनका लागि दबाब दिइरहे । अध्यादेश संशोधन भएपछि मात्रै राष्ट्रपतिले स्वीकृत गरे ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।