ओलीले किने ३० रोपनी जग्गा सहित जन्मघर

असोज २७, काठमाडौँ – बुबा मोहनप्रसाद ओलीले २०२४ सालमा बेचेको तेह्रथुमको इवा गाविसस्थित जन्मघर प्रधानमन्त्री केपी ओलीले आफ्नो नाममा फिर्ता गरेका छन् ।

पुख्र्यौली घरजग्गा आफ्नो नाममा फिर्ता गर्ने परिवारको इच्छाअनुसार ओलीले जन्मघरसहित ३० रोपनी जग्गा किनेका हुन् ।

मोहनप्रसादले स्थानीय नन्दलाल तिवारीलाई साढे ११ हजार रुपैयाँमा उक्त घरजग्गा बेचेर झापा बसाइँ सरेका थिए । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।