भारतसँग तत्काल वार्ता गरेर समाधान गर्छु – कमल थापा

असोज २६, काठमाडौँ – उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले नतिसक्दो छिटो भारतसँग छलफल गरेर अहिले देखिएको अल्झनलाई सुल्झाउने बताएका छन् ।

१७ वर्षपछि पुन परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेका थापाले मुलुकभित्र आन्दोलनरत दल र मुलुकबाहिर भारतसँग विषयगत छलफल गरेर नै टुंगोमा पुग्न सकिने बताए । उनले समस्या समाधान गर्न मन्त्रालयका वरिष्ठ अधिकारीसँग वार्ता गरेका छन् ।
आपूर्ति सहज बनाउन यसअघिको सरकारले बनाएको वार्ता टोलीमा मुख्य सचिवसमेत थपेर थापालाई कामको जिम्मेवारी दिइएको हो । असोज कान्तिपुर दैनिकमा खबर छ ।