जलविद्युतमा एनआरएनको लगानी गफमात्रै

असोज २६, काठमाडौँ – एनआरएनले लगानीमैत्री वातावरण भए विदेशमा बस्ने नेपालीबाट जलविद्युतमा अर्बौ रुपैयाँ लगानी भित्र्याउन सकिने घोषणा गरेपनि अहिलेसम्म जम्मा ५६ मेगावाटका आयोजनामा लगानी भएको छ ।

सरकारले लगानीको वातावरण सिर्जना गर्न नसकेको भन्दै आरोप लगाउने संघ र यसका पदाधिकारीले यहाँ लगानी गर्न चासो नदेखाएको अहिलेसम्मको अवस्थाले पुष्टि गर्छ ।
संघले २७ र गैरआवासीय नेपालीले २९ मेगावाटका आयोजना गरेको तथ्थांक छ । आजको नागरिक दैनिकमा खबर छ ।