चिनियाँ प्रधानमन्त्रीको ओलीलाई हृदयदेखि नै बधाई

असोज २६, बेइजिंग – चिनियाँ प्रधानमन्त्री ली खछ्याङले केपी ओली प्रधानमन्त्री नियुक्त भएकामा हृदयदेखि बधाई दिँदै कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन् ।

नेपाल र चीन निकै निकट सम्बन्ध रहेको मित्र मुलुक भएको उल्लेख गर्दै उनले नेपालको विकास र समृद्धिमा चीनको साथ र सहयोग रहने बताएका छन् ।
नेपाल चीन सम्बन्ध एकअर्कामा धेरै परीक्षण भएर यहाँसम्म आएको अटुट मित्रता हो, जुन निकै बलियो छ, प्रधानमन्त्री लीले शुभकामना दिँदै भनेका छन्, नयाँ प्रधानमन्त्रीको नेतृत्वमा यसअघिका साथ र सहयोग सबै कायम रहनेछन् ।
नयाँ सरकारले नेपालको दिगो विकास र आर्थिक उन्नतीमा नयाँ उपलब्धी हासिन गर्न सकोस् । चीनले नेपालको शान्ति, स्थायित्व र विकासका लागि आफ्नो क्षमताअनुसारको सहयोग गरिरहनेछ ।
दुई पक्षीय सम्बन्धलाई उचाइमा लैजाने र नयाँ सरकारसँग सम्बन्ध थप मजबुत बनाएर अघि बढ्ने कुरालाई सन्देशमा जोड दिइएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।