सुको सरकारको : जाँदाजाँदै करोडौं ‘दसैं खर्च’

असोज २१, काठमाडौँ – सुशील कोइराला सरकारले जादाँजादैँ सत्तारुढ दलका जिल्लास्तरीय प्रभावशाली नेता, पूर्व र वर्तमान सांसद, कार्यकर्ता र वरिष्ठ नेताका आफन्तलाई दसैं खर्चका रुपमा ठूलो रकम धमाधम बाँड्न थालेको छ ।
सरकारले आर्थिक सहायता वितरणसम्बन्धी कानुन, नियमावली, निर्देशिकालगायतको उल्लंघन गर्दै दसैंको पूर्वसन्ध्यामा रकम बाड्न लागेको हो ।
गम्भीर रोग लागेको व्यक्तिलाई स्वदेशी या विदेशी अस्पतालमा उपचार गदौ लागेको खर्चमात्र सरकारले दिनसक्ने कानुनी व्यवस्था छ । उक्त कानुनी व्यवस्थाबाहिर गएर सरकारले हचुवामा आर्थिक सहायता विरण गर्न पाउदैन् ।