मधेसीका दुई माग सम्बोधन गर्न संविधान संशोधन प्रक्रिया सुरु

असोज २१, काठमाडौँ – ५३ दिनदेखि मधेसमा जारी आन्दोलनकारीका माग सम्बोधन गर्न भन्दै सरकारले संविधान संशोधन प्रक्रिया सुरु गरेको छ । सरकारले आन्दोलनलाई केही मत्थर पार्न भन्दै उनीहश्ररुका माग सम्बोधन गर्न भन्दै सरकारले संविधान संशोधन विधेयक दर्ता गराएको कानुन मन्त्री नरहरि आचार्यले जानकारी दिए ।

मन्त्री आर्चायका अनुसार संसद् सचिवालयमा दर्ता गराएको संविधानमा पहिलो संशोधन विधेयकमा समानुपातिक समावेशी प्रतिनिधित्व र जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने विषय समेटिएका छन् ।

आन्दोलनरत मोर्चाले जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण, प्रदेशको सिमांकन पुनरावलोकन, समावेशी प्रतिनिधित्वको ग्यारेन्टी लगायतका माग राखेर २ महिनादेखि आन्दोलनरत छन् ।