इन्धन अभाव भएपछि शुक्रबारबाट स्कुल बन्द

असोज २१, काठमाडौँ – उपत्यकाका विद्यालयले शुक्रबारदेखि विदा दिने तयारी गरेका छन् । निजी तथा आवाशीय विद्यालय अर्गनाइजेसन प्याब्सनका महासचिव डिके ढुंगानाले निजी विद्यालयको ६० प्रतितश बस इन्धन अभावका कारण थन्किसकेको बताउँदै दसैं अगावै स्कुल विदा दिने तयारीमा आफूहरु रहेको बताए ।

उनका अनुसार अहिले दोस्रो तैमासिक परीक्षा संचालन भइरहेको छ ।