राजधानीमै मानव बलि दिने प्रयास

असोज १९, काठमाडौँ – हड्डी बजाउने नाममा मानव बलि दिन खोज्ने तान्त्रिकसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। यो समाचार नयाँ पत्रिका दैनिकमा छापिएको छ।

नागार्जुनमा एक युवती बन्धक बनाई बलि दिन लागेको आरोपमा प्रहरीले तान्त्रिक तानु पहरी र ओमकार शाहलाई पक्राउ गरेको हो।
पहरी भारतीय नागरिक हुन् भने शाह पीडित युवतीका दाजु पर्ने नातेदार हुन्। पूजाको नाममा आफूलाई १८ दिनसम्म बन्धक बनाई बलि दिने प्रयास गरेको भन्दै पीडित युवतीले दिएको उजुरीको आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले उनीहरुलाई पक्राउ गरेको हो।