उच्चस्तरिय राजनीतिक भेटघाटका लागि प्रचण्ड चीन जाँदै

असोज १९, काठमाडौँ – एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल उच्चस्तरिय राजनीतिक भेटघाट गर्ने गरी चीन जाने भएका छन् । दाहाल अक्टोबर १५ मा राजधानी बेइजिङ जान लागेको स्वकिय सचिव तथा एमाओवादी केन्द्रीय सदस्य चूणामणि खड्काले जानकारी दिए ।

भ्रमणका क्रममा उहाँले उच्चस्तरीय राजनीतिक भेटघाट गर्नुहुनेछ, खड्काले भने त्यस क्रममा नेपालको संविधान निर्माण र त्यसपछि राजनीतिक घटनाक्रमबारे जानकारी गराउनुहुनेछ ।