चौबिस गते राष्ट्रले नयाँ प्रधानमन्त्री पाउछ : खनाल

असोज १९, काठमाडौँ – पूर्व प्रधानमन्त्री एबम एमाले बरिस्ठ नेता झलनाथ खनालले यही असोज चौबिस गते राष्ट्रले नयाँ प्रधानमन्त्री पाउने बताएका छन् । बिहानै राजधानीको एक संचारमाध्यमसंग कुरागर्दै बरिस्ठ नेता खनालले एमाले अध्यक्ष केपी ओलीकै न्यतृत्यमा सरकार गठन हुने बताएका हुन् ।

देशमा भारतले अघोषित रुपमा लगाएको नाकाबन्दीको विरोध गर्दै भारतले मित्र राष्ट्रको उपमा गुमाएको र नेपालले अर्को मित्र रास्ट्रको खोजि गर्नुपर्ने उनको भनाइ थियो । यही अवस्था रहिरहे नेपालले भारतको विकल्प खोज्ने बताउदै नेता खनालले हवाईसंगै चिनबाट पनि इन्दन ल्याउन सुरुहुने बताए ।