मिनाको ‘स्कुले जीवन’ बजारमा (भिडियोसहित)

काठमाडौं – गायिका मिना राईको साङ्गीतिक कोशेली ‘स्कुले जीवन’को रातोपुल स्थित रक हाउस क्याफेमा एक कार्यक्रमबीच विमोचन गरिएको छ ।उक्त म्युजिक भिडियोलाई वरिष्ठ कवि भुपाल राई, समाजसेबी सुमन राई, कवि तथा साहित्यकार टिका चामलिङलगायतले संयुक्तरुपमा विमोचन गरेका छन् ।

गायिका मिना राईलाई केही गीतमा राजेश पायल राईले स्वरमा साथ दिएका छन् । बरिष्ठ कवि भुपाल राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सुमन राई, टिका चामलिङलगायतकाले एल्बममा रहेका गीतहरुको बारेमा समिक्षात्मक टिप्पणी गरेका थिए भने एल्बमको सफलताको शुभकामना थिएका थिए ।
‘स्कुले जीवन’ एल्बममा ६ वटा गीतहरु समावेस गरिएको छ । सबै गीतहरुको म्युजिक भिडियो उक्त कार्यक्रममा देखाईएको थियो । डिआर ‘अटु’, मिना राई सागर राउत र विश्व लिम्बुको शब्द रहेको उक्त म्युजिक भिडियोमा रहेका गीतको संगीत कुमार दुमी राई, डक्टर किरात र धनु ज्ञाङमीले भरेका छन् ।
कलाकारहरु शान्ता राई, ज्ञानेन्द्र थेबे, किरण मगर, देव राई, सक्केस राई, शान्ति श्रेष्ठ, सुमी लिम्बु, अनिल राईलगायतले अभिनय गरेका छन् भने यसलाई प्रफोरमिङ आर्ट क्रिएशन प्रालीले बजार ब्यवस्थापन गरेको छ । गायिका मिनाले आफुले धेरै मिहिनेतका साथ यो एल्बम दर्शक स्रोतामाझ ल्याएकोले यसले एकखालको चर्चा पाउने विश्वास लिएको बताइन्