वाबुराम भट्टराईलाई कैलाली नआउन आग्रह

राजेन्द्र रावल

असोज १७, कैलाली – जिल्ला प्रसासन कार्यलय कैलालीले आज एक प्रेस विज्ञप्ती निष्कासन गरी हालको अवस्थामा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई कैलाली नआउन आग्रह गर्न गरेको छ ।
सो प्रेस विज्ञप्तीमा भनियको छ कैलाली जिल्लाको हालको सुरक्षा अवस्था अझै चुनौतिपूर्ण रहेका र थारुहट पक्षधर र अखण्ड पक्षधर विच आपसी सदुभाव र मेलमिलाप कायम भै नसकेकाले जुनसुकै वेला जस्तो सुकै घटना घट्न सक्ने कुरालाई मध्य नजर गरि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाइ यस जिल्लामा हालको अवस्थामा हुने कुनै पनि कार्यक्रममा सहभागी हुन नआउन गृह मन्त्रालय मार्फत जानकारी गराउने भनीएको छ ।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई यहि असोज २० गते थारुहट थारुवानको धनगडीमा हुने भनिएको आम सभालाई सम्बोधन गर्न आउने कुरा रहेको छ ।