हाम्रो पार्टीबाट प्रधानमन्त्रीको उमेदवार केपी ओली : एमाले

असोज १७, काठमाडौँ – नेकपा एमाले संसदीय दलको बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेद्वार बनाएको छ । आइतबार सिंहदरवारमा बसेको संसदीय दलको बैठकले संसदीय दलका नेता केपी ओलीलाई नयाँ प्रधानमन्त्री बनाउन प्रस्ताव गरेको एमाले सचिव विष्णु पौडेलले जानकारी दिए ।

सचिव पौडेलका अनुसार केही बेर मात्रै सम्पन्न बैठकले ओलीको नेतृत्वमा सरकार गठनको विषयमा अन्य दलसँग वार्ता गर्न एमालेले पाँच सदस्यीय कार्यदल समेत गठन गरेको छ । कार्यदलमा नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेब गौतम, विद्या भण्डारी र इश्वर पोखरेल रहेका छन् ।

नेपाली काँग्रेसका सभापति तथा कामचलाउ प्रधानमन्त्री शुशिल कोइराला प्रधानमन्त्री बन्ने समयमा काँग्रेससँग भएको भद्र सहमति तथा काँग्रेस पछिको वरियतामा पनि दोश्रो दल भएका कारण एमाललेले सरकारको नेर्तत्वको दाबी गर्दै आएको छ ।