भारतले नाकाबन्दी खोल्न निर्देशन दिए पनि नाकामा समस्या उस्तै

असोज १७, काठमाडौँ – भारतले अघोषित नाकाबन्दी खोल्न निर्देशन दिए पनि यसको पूर्णपालना भएको छैन । भन्सार नाकाबाट आइतबार बिहान इन्धन र मालबाहक गाडीहरु निर्वाधरुपमा नेपाल भित्रिन सकेका छैनन् ।

भारतले नाकाबन्दी खोलेको समाचार नेपाली मिडियामा व्याप्त भए पनि आइतबार बिहान १० बजेसम्म भारतीय सीमानाकाहरुको समाचार सुखद बन्न सकेको छैन ।
भारतले नाकाबन्दी खुलेको बताएर झुक्याएको भन्दै कतिपयले आशंका गर्न थालेका छन् । भन्सारका केही कर्मचारीहरु चाँहि आज आइतबार भारतमा सरकारी विदा परेकाले सोमबारदेखि भारतले तेलका ट्यांकरमाथिको अवरोध खुल्ने विश्वासमा छन् ।