एएफ्सी अण्डर नाइन्टिन छनौट फुटबलमा दोस्रो खेलमा नेपालले आज कुवेतसंग खेल्दै

असोज १७, काठमाण्डौ-एएफ्सी अण्डर नाइन्टिन छनौट फुटबलमा दोस्रो खेलमा नेपालले आज कुवेतसंग खेल्दैछ । ईरानमा जारी खेल नेपाली समय अनुसार साँझ सवा ६ बजे सुरु हुनेछ । पहिलो खेलमा आयोजक ईरानसँग १०(० को फराकिलो गोल अन्तरमा हारेको नेपाल आज जित्नैपर्ने दबाबमा छ ।

यो खेलमा पराजित भए नेपालको अर्को वर्ष बहराईनमा हुने एएफसी अण्डर नाईन्टिन फुटबल च्याम्पियनसिपमा छनौट हुने संभावना समाप्त हुनेछ ।नेपालको समूहमा ईरान, कुवेत र जोर्डन रहेका छन् । एसियाका ४३ राष्ट्रलाई १० वटा समुहमा विभाजन गरी सञ्चालन भइरहेको छनोट चरणबाट १६ वटा टोलीले अर्को वर्ष बहराइनमा हुने फाइनल चरणमा सहभागीता जनाउने छन् ।