बसुको प्यासी जिन्दगी बजारमा

काठमाडौं – साहित्यकार तथा समाजसेवी बसु श्रेष्ठको  मुक्तक सङ्ग्रह “प्यासी जिन्दगिको” शुक्रबार राजधानिको तिनकुने स्थित सिद्धार्थ कटेज रेष्टुरेण्टमा एक कार्यक्रमका बिच  बिमोचन गरिएको छ । साहित्यकार श्रेष्ठ लामो समय देखि इजरायलमा रहदै आउनु भएकाले यहाँ बिमोचन उहाँको  माता पिताले  गर्नु भएको हो ।

रुची र बिचार आफ्नो पहिलो साहित्यिक कृती गजल प्रकाशन गर्ने भएपनी मुक्तकको कृती बजारमा पठाउन पुगेको उहाले बताउनु भयो । यस पुस्तक भित्र प्रणयका मुक्तकहरु र देशप्रेम भावनाको उपस्थिति बढी रहेको छ । YyUveDrR

मुक्तक प्रतिष्ठन नेपालले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपती सरु भक्त, सभापती नेपाल मुक्तक प्रतिष्ठान का अध्क्क्ष रामकाजी कोने  हुनु हुन्थ्यो ।  उक्त कार्यक्रम बादल घिमिरेले सन्चालन गर्नु भएको थियो ।