माटोको ढिस्कोले पुरेर ६ जनाको मृत्यु २ जना गम्भीर घाईते

 राजेन्द्र रावल

असोज १५, कैलाली – कैलालीको दोदोधरा ७ कट्टीपुरमा माटोको ढिस्कोमा पुरीएर एकै परिवारको दिदि भाई सहित ६ जनाको बालबालिको ज्यान गएको छ । शुक्रबार आज साझ ५ बजे राजकुला सामुदयिक बनको खाली जमिनको ढिस्कोमा दशैको लागी घर पोत्न माटो ल्याउन जादा माथी बाट खसेको माटोको ढिस्कोमा पुरीएर उनीहरुको ज्यान गएको हो ।

दसैका लागी भनेर घरका छिमेकी संग माटो ल्याउन गएका दोदोधरा कट्टीपुरका ६ बर्षिया नमिता न्यौपाने , १० वर्षिया सिता प्याकुरेल, ७ वर्षिया किरण सुनार, दिपक प्याकुरेल, ९ वर्षिया सुमिता सुनार, र एकै परिवारका ९ वर्षिया दिदि सुमिता सुनार र भाई शुसान्त सुनारको घट्ना स्थल बाट उद्धार गरी स्थानीय अस्पताल बर्दगोरीया पुर्याउने क्रममा मुत्यु भएको हो । साथै ढिस्कोमा परेर सोही ठाउकी ३५ वर्षिया जमुना खर्तिवडा र ३० वर्षिया रत्ना खर्तिवडा गरी २ जना महिला गम्भीर घाईते समेत भएकी छन ।

घाईते महिला लाई नेपालगन्ज रिफर गरीएको इलाकाप्रहरी कार्यालय बौनियाले जनाएको छ । ति वालवालीका हरु सोहि स्थानको वालकनया निमावी दोदोधरा कट्टीपुर र दशनराईज उमावि वौनिया कैलालीमा अध्यनरत थियो  ।

फोटो – पदम ओझा