दैशै भरी एलपी ग्याँस पेट्रोलीयम पदार्थको अभाव

असोज १३, काठमाडौँ – भारतको अघोषित नाका बन्दीका कारण उपत्यका लगायत दैशै भरी एलपी ग्याँस पेट्रोलीयम पदार्थको अभाव भएको छ । भारतीय सीमाबाट पेट्रोलियम पदार्थको आपूर्तिमा अवरोधका कारण काठमाडौँ उपत्यकाका निजी तथा आवासीय विद्यालयसमेत प्रभावित भएका छन् ।

तराई मधेसमा जारी आन्दोलन र भारतीय सीमामा भएको अवरोधबाट पेट्रोलियम पदार्थको अभाव सिर्जना भई सीमित सवारीसाधन मात्र सञ्चालनमा आएका छन् । सवारीसाधन हुने ठूला विद्यालयका गाडी पेट्रोलका लाइन लाग्न थालेका छन् भने सार्वजनिक साधनमा आउने विद्यार्थीको यात्रा कष्टकर हुन थालेको छ ।
उच्चमाध्यमिक विद्यालय सङ्घ (हिसान) का उपाध्यक्ष रमेश सिलवालले विद्यालयका प्रतिसवारीसाधनलाई २० लिटरका दरले पेट्रोलियम पदार्थ दिने भनिए पनि कहाँबाट कहिले दिइने भन्ने स्पष्ट नभएको बताउनुभयो । उहाँले आफूहरुले विद्यालयलाई निश्चित पम्पबाट तेल भराउने व्यवस्थाका लागि गृह मन्त्रालयमा आग्रह गरेको जनाउनुभयो ।