एक जना काठ तस्कर पक्राउ अन्य फरार

राजेन्द्र रावल

असोज १३, कैलाली – केही दिन देखी चुरेको आमगैरा क्षेत्रमा जंगलमै हातेआरा द्धारा काठ चिरान गरी तस्करमा संग्लन एक जना व्यती गय राती पक्राउ परेका छन । इलाका वन कार्यलय सुगरखालका सहायक वन अधिकृत मोहमत साहा हुसैन निगरानीको नेतृत्वमा गएको टोलीले भवानी घर्ती मगर लाई प्रकाउ गरेको हो । धेरै दिन को प्रयास पछि बागमारा मा रहेको उनकै अर्को घर बाट उहालाइ पक्राउ गर्न सफल भएको बताएको छ ।

बिगत देखी नैै आमगेैरा मा बस्ती बसी जंगलमै हाते आरा बाट काठ चिरान गर्दै आएका भवानी घर्ती मगर लाई पक्राउ गरी कारबाही लागी आज जिल्ला चलान गरिएको वन अधिकृत निगरानीले हामिलाई जानकारी दिनु भयो । उनको आमगैरा स्तिथ घर बाट समेत काचो सालका ४ गोलिया बरामद गरिएको छ । चुरेको राष्ट्रिय वन क्षेत्रमा गोठ गोठानको नाममा सुुगरखाल वार्ड नं ७ को सिमानामा पर्ने आमगैरा , बान्द्रेपानी , खालीखुटी ,वाडा नं ६ मा पर्ने ठुलोगडा बाट काचा सालका रुखहरु काटी अबैध चिरान हुर्दै आएको थियो ।

बिगत बर्ष देखीनै सुगरखाल गाबिसको वार्ड नं ७ बादेगौजा र मसानडाडा, अमलाचौर र तिउले चिलेत्रा का बासिन्दाको दोहोरो बस्ती बसाईले , आमगैरा , बान्देपानी र ठुलागडा क्षेत्रमा जंगलमै पाल टागेर डेरा जमाएर रात दिन हातेआरा लगाएर सात फुट सम्म लामो काचो रुख काटे र कडी चिरान हुने गरेको छ । उनीहरुले चिरान स्थानमै ५ देखी ६ सय सम्ममा बिक्री गर्नै गरेको खरिद गर्ने एक जनाले बताए । उक्त ठाउमा मोहन्याल सामुदायिक बन गठन गरेर समितीका पद्याधिकारीहरु आफै काठ चिरान गर्दे आएको श्रोतले वतायको छ । काठ तस्करमा संग्लन अन्य ब्यतmीको खोजी कार्य जारी रहेको इलाका वन कार्यालय सुगरखालले जनाएको छ ।