आन्दोलनरत मधेसी मोर्चा आन्तरिक छलफलमा

असोज १३, काठमाडौँ – हिजो सरकारी वार्ता टोलीसँग छलफल गरेको मधेसी मोर्चा आज आन्तरिक छलफलमा व्यस्त हुने भएको छ ।

हिजोको वार्ता सकारात्मक भएको दुवै पक्षले बताएका छन् ।
आज भने मधेसी मोर्चा आन्तरिक छलफलमा रहने भएकाले अब भोलि मात्र औपचारिक वार्ता हुने सरकारी वार्ता टोलीका सदस्यहरुले बताएका छन् । भोलिको वार्तामा प्रमुख तीनवटै दलका अध्यक्षहरु बसेर सकेसम्म निष्कर्षमा पुग्ने गरी वार्ता गर्ने तयारी भएको दुवै पक्षको भनाइ छ ।