इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गतको खेलमा एभर्टन विजयी

असोज १२, काठमाडोँ – इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गतको खेलमा एभर्टन विजयी भएको छ । गए राति भएको खेलमा एभर्टनले वेष्ट ब्रोमलाई ३–२ ले हराएको हो । खेलको ५४ मिनेटसम्म २–० ले पछि परेको अवस्थालाई उल्ट्याउँदै एभर्टनले नतिजा आफ्नो पक्षमा पारेको हो । जितपछि सात खेलबाट १२ अंक जोडेको एभर्टन अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । सात खेलबाट ८ अंक जोडेको वेष्ट ब्रोम १५ औं स्थानमा छ ।