एमालेले बृहत भेला आयोजना गर्दै

असोज १२, काठमाडोँ – देशको वर्तमान परिस्थितिमा छलफल गर्न नेकपा एमालेले आज बृहत राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गर्दैछ । तराई आन्दोलन, भारतले लगाएको नाकाबन्दि लगायत बिषयमा छलफल गर्न आयोजना गरिएको भेलामा पार्टीका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल लगायतले प्रशिक्षण दिने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

भेलामा केन्द्रिय समितिका सदस्य, केन्द्रिय निकायका सदस्य, जिल्लाका अध्यक्ष, जनवर्गिय संगठनका केन्द्रिय पदाधिकारी सहित करिब ६ सय जना सहभागि हुने उहाँले बताउनुभयो । भेला बिहान साढे ११ बजे कार्की बैंक्वेव थापाथली हाइटमा हुने एमालेले जनाएको छ ।