कैलालीमा फेरी अर्को गाविस जल्यो

राजेन्द्र रावल

असोज १० ,कैलाली – कैलाली जिल्लाको क्षेत्र नं. १ अन्र्तगतको धनसिहपुर गावीसमा हिजो राती अज्ञात समुह द्घारा आगजनी गरेका  छन । आगजनीको  जिम्मा अहिले सम्म कसैले पनि लिएको  छैन  । आगलागी  कसले र किन गर्यो भन्ने कुरा  खुल्न नसकेको जिल्ला कार्यलय कैलालीले जनाएको छ ।

आगजनीवाट गावीसको कार्यलय जलेको छ भने महतवपूर्ण कागजातहरु समेत जलेर खरानी भएका छन् । कैलालीमै  केहि दीन अगाडी क्षेत्र नं. ३ अन्र्तगतको वौनिया गावीसमा समेत खागजनी भएको थियो । यसरी नियमीत अन्तरालमा गावीसमा आगजनी भैरहदा गावीस सचिव हरु भने खातंकित भयका छन् । आग जनि को कारण खुल्न नसके पनि नेपाल प्रहरी ले थारुहटका कार्यकर्ताहरुले आग जनी गरेको हुन सक्ने आसंका गरेको छ ।