कैलालीको लम्किमा मोदीको पुत्ला दहन

राजेन्द्र रावल 

असोज १० , कैलाली – भारतले नेपालको आन्तरिक मामिला हस्तक्षेप र अघोषीत नाकाबन्दि गरेको भन्दै कैलालीको क्षेत्र नं. २ ऋनर्तगतको प्रमुख व्यापारिक केन्द्र लम्किमाहिजो साझ क्रियाशिल विभिन्न ६ विद्यार्थी संगठनले बिरोध प्रदर्शन गरेका छन् ।

जनप्रतिनिधीले बनाएको संविधानको स्वागत गर्नुको साटो भारतले हस्तक्षेप गरेको भन्दै नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, तीन माओवादीका तीन अनेरास्ववियु क्रान्तिकारी र राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौंले हिजो सांझ लम्किमा भारतीय हस्तक्षेप विरुद्ध नारावाजीसहित प्रर्दशन गरेका हुन् ।

विद्यार्थी संगठनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन समेत गरेका छन् । भारतले नेपाल माथी गरेको हस्तक्षेप पछि देसै भरी वड्दै गैरहेको विरोधको आवाज कैलली लगनयत सुदुरपश्चिम भरी विस्तारै गुञ्जीन थालेको हो । यस अघि केहि दीन अघि कञ्चनपुर का विधार्थी हरुले भारतीय सिमा वनवर्षा सम्म पुगेर मोदिको पुत्ला र भारतको झण्डा जलायका थिय ।