चलचित्र ‘गोरे’ले गर्यो आफ्नो गीतको अडियो सार्वजनिक

काठमाडौँ – चलचित्र गोरेले आफ्नो गित संगित शनिबार  एक कार्यक्रम आयोजना गरि सार्वजनिक गरिएको छ । राजधानिको महाराजगन्जमा आयोजीत एक अनौपचारीक कार्यक्रममा फिल्म यूनिट, केहि चलचित्रकर्मि र रेडियोकर्मि पत्रकारहरुको उपस्थितिमा सो कार्यक्रम आयोजना गरिएको हाे ।

कार्यक्रममा गित संगितको बारेमा संगितकार बिकाश चौधरी र गितकार शंकर अधिकारी ‘घायल’ले जानकारी गराएका थिए भने चलचित्रको बारेमा निर्देशक रामेश कुमार राइले जानकारी गराएका थिए ।

चलचित्रको अडियो सिडि ‘गोरे’का निर्माता , निर्देशक एव लेखक निर्देशक ओम प्रतिक गुरुङ र बरिष्ठ पत्रकार सानु काजि महर्जन को साथमा सगितकार गितकार र गायक गायीकाले संयुक्त रुपमा अडियो बिमोचन गरेका थिए । सुर्य जिसि को प्रस्तुति चलचित्र गोरे लाइ रुपा जिसिले निर्माण गरेकि हुन् । चलचित्रमा दिलिप रायमाझि , अनु शाह , राकेश कुमार राइ , अभिसेक गिरि , बिमला गिरी , सुरबिर पण्डित , माधव पण्डित लगायतका कलाकारको अभिनय रहेको छ । साथै बिषेश भुमिकामा खुस्वु खड्काको पनि अभिनय रहेको छ । चलचित्रलाइ हरिनारायण चौधरीले खिचेका हुन् भने द्धन्द निर्देशन प्रदिप खड्का ले गरेका छन् । चलचित्रका गितमा कोरियोग्राफि रबि कार्की र राम बुढाथोकिले गरेका छन् ।
चलचित्रका गितमा नित्या शिवा , ऐनि श्रेष्ठ ,जुना प्रसाइ , रन्जित कुमार सहनी , डेबिड शंकर र बिकाश चौधरीको आवाज सुन्न सकिने छ । चलचित्रको रिलिज मिति भने तय गरिएको छैन ।