आईसीसी यु–१९ खेल तालिका सार्वजनिक

असोज ७ , काठमाडौँ – आईसीसी यु–१९ विश्वकप क्रिकेट अन्तर्गत अन्तिम चरणको छनोट प्रतियोगिताका लागि खेल तालिका सार्वजनिक भएको छ ।

मलेसियाको क्वालालम्पुरमा यही असोज २८ गतेदेखि हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीसँग खेल्नेछ । प्रतियोगितामा नेपाल र पपुवा न्युगीनीसँगै आयरल्याण्ड, युगाण्डा र अमेरिका सहभागी छन् ।
यो प्रतियोगिताको विजेता टोलीले अर्को वर्ष बंगलादेशमा हुने आईसीसी यु–१९ विश्वकप क्रिकेटमा सहभागिता जनाउन पाउनेछ ।
महादेशीय छनौट प्रतियोगितामा उपविजेता बनेका टोलीहरुलाई आईसीसीले पुनः एक मौकाको रुपमा यो छनौट प्रतियोगिता खेल्ने अवसर दिएको हो ।