अफगानिस्तानमा सरकार र तालिवानबीचको वार्ता प्रयास असफल

असोज ७ , काठमाडौँ – अफगानिस्तानमा सरकार र तालिवानबीचको वार्ता प्रयास असफल भएको छ । विद्रोहीका नेताको मेत्यु भएपछि वार्ता झन अन्यौलमा परेको छ ।

जारी हिंसा अन्त्यका लागि अफगान सरकारले गरेको वार्ता आह्वानलाई तालिवान विद्रोहीले चासो नदेखाएपछि वार्तामा मध्यस्थता गर्न उलमाऔ नामकोवको नेतृत्वमा वार्ता कमिटी गठन गरिएको थियो ।गत जुलाईमा तालिवान संस्थापक मुल्ला उमरको निधनपछि नेता बनेका अख्तर मन्सुरलाई तालिवानका केही लडाकुले नमानेपछि तालिवानभित्रै फुट देखा परेकाले पनि वार्ता असफल भएको छ ।
नेता चुनिएका मन्सुरले भने तालिवानभित्र कुनै मतभेद नरहेको भन्दै वार्ताका लागि अझै केही समय लाग्ने बताएका छन्