सोच्दै नसोचेको ब्यक्तिबाट पोलबाट हुकिङ गरी विद्युत चोरी

राजेन्द्र रावल

असोज ७ , कञ्चनपुर – सामान्य मन्दिर र विद्यालयलाई एक डेढ लाख दान दिने समाजमा दानबीरको रुपमा चिनिदै आएका उच्च घरानका एक स्थानीयले विजुलीको पोलबाट हुकिङ्ग गरी विद्युत चोरी गरेको हालै मात्र खुलासा भएको छ ।
स्थानीयस्तरबाट यस कुराको घोर बिरोध आउन थालेपछि यो घटना एका–एक भाइरल बन्दै गएको हो । पुनर्वासको स्थानीय बजार आईं.बी.आर.डी. मा राम्रै छवि बनाएका “मोहन सुन चाँदी पसल” ले विद्युत पोलबाट हुकिङ्ग गरी विद्युत चोरी गरेको तस्बीर र चलदृश्यसमेत श्रोतले उपलब्ध गराएको छ ।
हमिले आरोपीलाई सोधपुछ गर्दा मार्बल घिसाई गर्न भोल्टेज नपुगेको कारण नियतबस नभइ बाध्यताबस सम्बन्धित निकायलाई नै जानकारी गराई यसो गरिएको उनले स्वीकार गरे । साथै यस्तो कार्य आफुले मात्र नभइ बजारका अन्य ब्यक्तिहरुले पनि यस्तो हुकिङ्ग सिस्टमबाट विद्युत चोरी गर्ने गरेको आरोप समेत उनले लगाएका छन् । तर सम्बन्धित निकायले भने आफुहरुले यस विषयमा कुनै अनुमति नदिई अनुमति बेगर नै यस्तो कार्य गरेको स्थानीय यूज सेवाका धनबहादुर चन्दको भनाइ छ ।
बजार ब्यबस्थापन समितिका पदाधिकारी सहित केही स्थानीय बजारबासीले घटना स्थलमा गई बिरोध गरेपछि आफ्नो गल्ती स्वीकार गर्दै विद्युत पोलबाट तत्काल हुक हटाइएको श्रोतले जनाएको छ । समाजमा राम्रै प्रतिष्ठा कमाएका विश्वासै गर्न नसकिने ब्यक्तिबाट यस्तो गैरजिम्मेबार कार्य भएकोमा स्थानीय कालिका बजार ब्यबस्थापन समितिका सचिव हरिप्रसाद लम्सालले चिन्ता ब्यक्त गरेका छन् ।
विद्युत पोलबाट हुकिङ्ग गरी विद्युत लिने सिस्टम नै नभएको र यस्तो कार्य गर्ने गरेको पाइएमा वा पोख्ता सबुत–प्रमाण फेला परेमा विद्युत नियमानुसर कार्वाहीसमेत हुने महेन्द्रनगर बितरण केन्द्र अन्तर्गतको प्रशाखा बेलौरीका इन्जिनियर रोशनकुमार ठाकुरले जनाएका छन् ।