युनडिपीद्धारा भूकम्पबाट क्षति सरकारी तथा सामुदायिक भवनहरु भत्काउन सुरु

असोज ७ , काठमाडौँ – भूकम्पले भौतिक संरचनामा पु¥याएको क्षतिबाट बस्न आयोग्य सरकारी तथा सामुदायिक भवनहरु संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम युनडिपीले भत्काउन सुरु गरेको छ । जिल्लामा भूकम्पले क्षति पु¥याएको तर पूर्णरुपमा ध्वस्त नभएका भौतिक संरचनाहरुले जोखिम बढाएका भग्नावशेष व्यवस्थापन गर्न लागिएको हो ।

स्काभेक्टर र स्थानीय श्रमिकको सहयोगमा सरकारी र सामुदायिक कार्यालयबाट अनुरोध भएका भवनहरु भत्काएर त्यसबाट उत्पन्न भौतिक संरचनाका सामाग्रीहरुको समेत उचित व्यवस्थापन गर्न सुरु गरेको इञ्जिनियर दिनेश पौडेलले बताउनुभयो । पहिलो चरणमा सदरमुकाम विदुरमा रहेको सरकारी कार्यालय भत्काउन सुरु गरेकाले दोश्रो चरणमा सामुदायिक भवन तथा सदरमुकाम बाहिरको भवन भत्काउने तयारी छ ।