हाम्रा लागि हामीले संविधान बनायौं, भारत किन असन्तुष्ट हुने ? – केपी ओली

असोज ५, काठमाडौँ –  एमालेका अध्यक्ष केपी ओलीले नेपाललाई भारतले कुनै पनि हालतमा नाकाबन्दी लगाउन नसक्ने बताएका छन्।एमालेले मंगलबार राजधानीमा आयोजना गरेको चियापानमा ओलीले भने, भारतले नेपाललाई नाकाबन्दी गर्छ भन्ने मलाई पटक्कै विश्वास छैन। नाकाबन्दी गर्न सक्दैन।’

उनले तराई मधेसमा भइरहेको आन्दोलनका कारण भारतको सुरक्षामा असर पर्छ भन्ने त्यसबारेमा कुरा गर्न आफूहरु तयार रहेको बताउँदै भने, तर सुरक्षाको बाहना गरेर नाकाबन्दी कुरा आउनु राम्रो होइन। यसले दुवै देशको हित हुँदैन। यो संविधान नेपाल र नेपालीको पक्षमा रहेको बताउँदै उनले भने, यसमा भारत असन्तुष्ट हुनुपर्ने कारण छैन। यो संविधान हामीले हाम्रा लागि बनाएको हो।