प्रदर्शनकारीले हानेको एसिडबाट ७ प्रहरी घाइते

असोज ५, बारा – बारामा आन्दोलनकारीले प्रहरीलाई एसिड प्रहार गरेका छन् । बाराको कलैयामा भएको झडपमा आन्दोलनकारीले एसिड प्रहार गर्दा सशस्त्र प्रहरीका सात जना घाइते भएका छन् ।

त्यस्तै आन्दोलनकारीले हानेको ढुंगा लागेर नेपाल प्रहरीका असई टेकनारायण यादवसहित ६ जना घाइते भएका छन् । झडपमा ७ जना आन्दोलनकारी पनि घाइते भएका छन् ।