खाएको कसमपनि फिर्ता लिन मिल्ने भए कस्तो हुन्थ्यो होला !(भिडियो सहित)

काठमाडौं – गायक कृष्ण काफ्लेको नयाँ गीतको म्युजिक भिडीयो सार्वजनिक भएको छ । बि. पाण्डेको शब्द तथा संगितमा खाएको कसम फिर्ता बोलको गीतको भिडीयोलाई विष्णु भट्टराईले निर्देशन तथा सम्पादन गरेका छन् । कपिलवस्तु लगायत आसपासका विभिन्न ठाउमा छायांकन गरिएको भिडियोमा संचारकर्मी आकाश पन्थ , सागर खनाल र ममता ढकालको अभिनय देख्न सकिनेछ । सागरले यस अघि नेपाल टेलिभिजनमा प्रसारण हुने किनारा सिरियलमा समेत अभिनय गरिसकेका थिए । २१ बर्सको सागर खनाल रुपन्देहीको बासगढ़िमा आफ्नो ब्यबसाए गर्दै आएका छन । भबिस्यमा राम्रो कलाकार बन्ने सोच समेत रहेको बताउछन्  ।
aakash

त्यस्तै विभिन्न मिडियामा आबद्ध रहेका आकाश पन्थ पनि भबिस्यमा कुशल कलाकार एबम गीतकार बन्ने सोच राखेका छन् । मोफसलमा रहेर प्रतिभावान कलाकारलाई अबसर दिदै आएको अविरल फिल्म्सले यो गीत मार्फत संचार कर्मी आकाश पन्थ र सागर खनाललाई देबुय गराएको छ । दीपेश डिसी को छायांकन रहेको सो भिडियोमा निर्देशक भट्टराईले केही नयाँपन ल्याउने प्रयत्न गरेका छन् । युट्युवमा सार्वजनिक उक्त भिडीयोलाई अव केही दिनमा विभिन्न टेलिभिजनमार्फत देख्न सकिनेछ ।

[button size=”normal” type=”info” value=”भिडियो हेर्न यहाँ क्लिक गर्नुस ” href=”https://www.youtube.com/watch?v=CDNDx9oSrHY#action=share”]