कैलालीका विभीन्न ठाउहरुमा स्वागत आमसभा हुने

राजेन्द्र रावल

असोज ४ , कैलाली – संविधान निर्मँणको स्वागतमा आज देशैभर लगयता कैलालीका विभीन्न ठाउहरुमा र लम्कीमा स्वागत आम सभा हुने भएको छ । लम्की हुने सभाका लागी मञ्च व्यवस्थापन र प्रचार प्रसार अन्तीम चरणमा पुगी सकेको कैलाली क्षेत्र नं. २ आयोजक समितीका सचीव लव वाहादुर शाहिले हामिलाई वताउनु भयो ।

दिउसो २ वजे मोतिपुर चौराहा वाट हुड्के नाच पञ्चे वाजा सहित सुरु हुने र्याली लम्की वसपार्क परिक्रमा गरी लम्की वजारमा पुगेर विसाल स्वागत आम सभामा परिणत हुने कार्यक्रम तय भयको क्षेत्र नं. २ आयोजक समितीका संयोजक माहादेव वजगाईले हामिलाई जानकारी दिनुभयो ।