कोरियान भाषा परिक्षा आज पनि

असोज ३,काठमाडौं – रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत दक्षिण कोरियामा कामदारको रुपमा जान भएको भाषा परीक्षा आज दोस्रो दिन पनि जारी रहेको छ । हिजो देखि सुरु भएको छैठौं कोरियन भाषा परिक्षा आज सम्पन्न हुने भएको हो । परीक्षाको पहिलो दिनको परीक्षामा २५ हजार ५७० आवेदकमध्ये २२ हजार ६११ जना परीक्षार्थी सहभागी भएका छन् ।
इपिएस शाखाका निर्देशक डिल्लीराम बाँस्तोलाका अनुसार कूल ५१ हजार १३७ जना परीक्षार्थीले आवेदन दिएकोमध्ये बाँकीको भोलिका लागि परीक्षा तय गरिएको छ ।
काठमाडौँ उपत्यकाका परीक्षा केन्द्रबाट २० हजार ५३७ र पोखरा केन्द्रबाट दुई हजार ७४ परीक्षार्थी परीक्षामा सहभागी भएका थिए । यसवर्ष अनुमानित उत्तीर्ण सङ्ख्या सात हजार १०० हुने र जसअन्तर्गत उत्पादनमूलक क्षेत्रतर्फ चार हजार ९०० तथा कृषि तथा पशुपालन क्षेत्रतर्फ दुई हजार दुई सय उत्र्तीण परीक्षार्थीलाई रोजगारीको अवसर दिइनेछ ।