यसपाली दशैमा आफ्नी आमालाई सम्झदै परदेशीले सुनाएका बेदना गीतमा

काठमाडौँ – रुपन्देहीका सन्चारकर्मी कमल न्यौपाने र कुमार बस्नेत पनि कम्मर कसेर लागेका छन । रोजगारिको शिलशिलामा युएईमा रहेका रुपन्देही देवदह घर भएका कमल र कुमार पत्रकारिता सँगै अब साङगितिक यात्रा पनि तय गर्ने भएका हुन । नेपालीको महान पर्ब बिजया दशमी र शुभ दिपावलिको शुभ अवशर पारी नरोउ आमा बोलको गीत मार्फत यो क्षेत्रमा उनिहरुको प्रबेश हुँदैछ । परदेशमा रहेका समग्र नेपालीको पिडा समाबेश गरिएको उक्त गीतको रेकर्डिङ कार्य सम्पन्न भई मिक्सिङको कार्यमा रहेको छ । आफ्नो घरमा लागेको रिनको कारण आफु परदेशिन वाध्य भएको र आफु स्वदेशमा हुँदा सोचेको जस्तो परदेश नभएको भाव सो गीतमा रहेको छ । दशैमा आमाको हातबाट टिका लगाउन घर जान साह्रै मन भएको तर कम्पनिले छुट्टी नदिदा आफु जान नपाएको बेदना समेत गीतमा रहेको छ । आफु गरीब परिवारमा जन्मेकाले घर बस्न र आमाको हातबाट टिका लगाउन तकदिरमा नभएको प्रसँगलाई निकै मार्मिक तरिकाले गीतमा समाबेश गरिएको छ । यो दशैमा यस्तै भएपनी अर्को साल धन कमाएर आफ्नी आमाको हातबाट टिका लगाउन घर आउने बाचा गरिएको यस गीतले वास्तबमै एउटा परदेशीको पिडा समेट्न सफल भएको छ ।

परदेशमा रहेको छोराले आफ्नी आमालाई सम्झदै बताएका भावलाई यस गीतले प्रस्तुत गरेको छ । आफु परदेशको बसाइ गरिरहदा केही आफुले भोगेको र केही अरुको देखेको कुरालाई गीतमा प्रस्तुत गरेका छन कमल र कुमारले । संचारकर्मी कमल न्यौपाने र कुमार बस्नेतको संयुक्त प्रस्तुती रहेको उक्त गीतमा स्वर रहेको छ पछील्लो समयका ब्यस्त गायक बालचन्द्र बरालको । लायो भुँडी पुट्ट र कलाकारै हुन जस्ता सफल तीजका गीत  यसपाली प्रस्तुत गरिसकेका बराल पछील्लो समय बिभिन्न स्टेज कार्यक्रममा ब्यस्त हुने गरेका छन । तीजको अवशरमा हुने बिभिन्न संघ संस्थाका दर खाने बिशेष कार्यक्रम र अन्य सान्स्कृतिक कार्यक्रममा आफ्नो बेजोड प्रस्तुती दिदै दर्शकको माया पाईरहेका छन गायक बराल । नरोउ आमाको बोलको दशै गीतको भिडियो छायांकन तीज लगत्तै हुने प्रस्तुतकर्ता मध्यका एक कुमार बस्नेतले जानकारी गराए । गीतको भाव र मर्म अनुरुप आफुले पनि न्याय गरेको गायक बरालको भनाई छ ।

आफुहरुको पहिलो कदम रहेकाले यो गीतले बजारमा दर्शक श्रोताको राम्रो माया पाएमा निरन्तर रुपमा यो क्षेत्रमा लाग्ने र अन्य प्रस्तुतीहरु दिदै जाने संचारकर्मी तथा प्रस्तुतकर्ता कमल न्यौपाने बताउछन । समग्र परदेशिको वास्तबिक कथा समाबेश गरिएकोले पनि आफ्नो गीत घर परिवार छोडि परदेशिन वाध्य नेपालीको माझ लोकप्रिया हुनेमा कमल ढुक्क छन । जसरी संचारक्षेत्रसँगै कलाकारितामा प्रबेश गरेका छन तेसैगरी सफलता पनि हासिल होस हाम्रो तर्फबाट कमल र कुमार दुबैजनालाई शुभकामना । जुन सपना र चाहनाका साथ यो क्षेत्रमा प्रबेश गरेका छन त्यो पुरा होस भन्न चाहन्छौ ।