कुकुरको टोकाईबाट ८ जना घाईते

राजेन्द्र रावल

भदौ ३१ , दार्चुला – वौलाहा कुकुरको टोकाईबाट दार्चुलामा आज ८ जना घाईते भएका छन् । घाईते हुनेहरुमा अपी नगरपालिका वडा नं ३ का ३ वर्षका बालक आशिक बम, ६ वर्षिय बालक नविन बम, ६५ वर्षिय पार्वती बम रहेका छन् । यसैगरी वडा नं १७ का ४ वर्षिय बालक विकाश शाही, ६२ वर्षिय दान बहादुर शाही, अपी ११ बांगावगरका १४ वर्षिय ओमकार बम, नेपाली सेनामा कार्यरत २७ वर्षिय अर्जुन साउद र नेपाल प्रहरीमा कार्यरत २४ वर्षिय गणेश भट्ट रहेका छन् ।

घाईतेहरुको जिल्ला अस्पताल दार्चुलामा उपचार भएको छ । जिल्ला सदरमुकाम खलंगामै उनीहरुलाई टोकेको हो । यसअघि कुकुरले दार्चुलाका पिपलचौरी र हिकिला गाविसमा समेत ५ जनालाई टोकेको थियो । बौलाहा कुकुरले जिल्ला सदरमुकाम खलंगामा आतकं मच्चाएपछि जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले बौलाहा कुकुर नियन्त्रणमा लिई मारेको जनाएको छ ।