नेपालको संविधान–२०७२ आज प्रमाणीकरण गरिने

असोज १, काठमाडौँ – नेपालको संविधान २०७२ आज प्रमाणीकरण हुँदैछ । संविधानसभामा संविधानसभाका अध्यक्ष, उपाध्यक्ष एवम् सभासदहरुले संविधानको प्रतीमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।

यसका लागि बिहान ९ बजेखि अपरान्ह ३ वजेसम्मको समय तोकिएको छ । सबै सभासदहरुले हस्ताक्षर गरिसकेपछि अन्त्यमा संविधानसभाका अध्यक्ष सुभाष नेम्वाङले हस्ताक्षर गर्ने कार्यक्रम संविधानसभा सचिवालयले बनाएको छ ।

संविधान प्रमाणिकरण प्रयोजनका लागि ५ प्रति संविधान छापिएको छ । नेपाली कागजमा छापिएका ५ प्रति संविधान कानुन किताबखाना लगायतका ठाँउहरुमा रहनेछन् । यसपछि मात्रै संविधानको नियमित प्रति प्रकाशन गरिने छ ।