एसएलसी पूरक (मौका) परीक्षाको परीक्षाफल सार्वजनिक,६६.९३ प्रतिशत परीक्षार्थी उतीर्ण

भदौ ३१,काठमाडौं –  परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसी पूरक (मौका) परीक्षाको परीक्षाफल सार्वजनिक गरेको छ । परीक्षामा कूल ८३ हजार ७८ जना अर्थात ६६.९३ प्रतिशत परीक्षार्थी उतीर्ण भएका परीक्षा नियन्त्रक विष्णुबहादुर द्धारेले जानकारी दिनुभयो ।
परीक्षामा छात्रतर्फ ५५ हजार ३८२ र छात्रातर्फ ६८ हजार ७४६ जना कूल १ लाख २४ हजार १२८ जना परीक्षार्थी सहभागि भएका थिए ।
जसमा छात्रतर्फ ३८ हजार ३९९ जना र छात्रातर्फ ४४ हजार ६७९ जना परीक्षार्थी उतीर्ण भएका छन् । परीक्षाफल एसएमएस गरेर पनि थाहा पाउन सकिन्छ । यसको लागि मोवाइलमा एसएलसी लेखेर सिम्बोल नम्बर लेखी ५५६६ मा एसएमएस गर्नुपर्छ ।
परीक्षा नियन्त्रण कार्यालयले २०७१ सालको एसएलसी परीक्षामा दुई विषयसम्म अनुतीर्ण हुने परीक्षार्थीका लागि मौका परीक्षाको रुपमा गएको साउन २० गतेदेखि एसएलसी पूरक परीक्षा संचालन गरेको थियो । उतीर्ण परीक्षार्थीले यसवर्षदेखि नै कक्षा ११ अध्ययन गर्न पाउने भएका छन् ।