नयाँ संविधान ३ गते घोषणा हुदै समितिले आज भाषा शुद्दिकरण हुदै

भदौ ३१,काठमाडौं – नयाँ संविधानको विधेयक पारित भएसँगै नेपाली जनतामा खुसी छाएको छ । गए राति ५ सय ३२ सभासदमध्ये ५ सय ७ जनाले नेपालको संविधानको विधेयकको पक्षमा मतदान गर्दै संविधान पारित भएको हो ।
पारित संविधान आज संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापतिको सभापतित्वमा गठित समितिले शुद्धाशुद्धी र भाषा हेर्नेछ । शुद्धाशुद्धी र भाषा मिलाउनुपर्ने भए सभासदहरुले आज बिहान ११ बजेसम्म समितिलाई जानकारी गराउनुपर्नेछ । थपघट गर्नुपर्ने भए समितिले दिउँसो ३ बजेसम्म सभाध्यक्षलाई जानकारी गराएर शुद्धाशुद्धी र भाषा मिलाउनेछ । हिजो पारित भएको संविधानको विधेयकमा सभासद्बाट हस्ताक्षरका लागि भोलि बिहान ९ गतेदेखि दिउँसो १ बजे संविधानसभा भवन बानेश्वरको लोत्से सभाकक्षमा व्यवस्था मिलाइएको छ ।
नेपाली कागजका छापिएका संविधानका पाँचप्रति सबैमा सबै सभासद्ले हस्ताक्षर गरेपछि संविधानसभा अध्यक्षले प्रामाणिकरण गनुहुनेछ । पाँचवटै कपीको एउटै ढाँचामा राष्ट्रपतिले हस्ताक्षर गरी लागु भएको घोषणा गर्ने नियमावलीको प्रावधान छ । आगामि असोज ३ गते संविधानसभा भवन नयाँ बानेश्वरमा आयोजित विशेष समारोहबाट राष्ट्रपति डा. रामवरण यादवले घोषणा गर्नुहुने भएको छ । आउँदो आइतबार संविधान जारी हुने ऐतिहासिक दिनलाई राष्ट्रिय उत्सवको रुपमा मनाइने भएको छ । आइतबार बेलुकी ५ बजे बस्ने संविधानसभा बैठकमा राष्ट्रपति यादवले हस्ताक्षर गरेर संविधान घोषणा गर्नुहुने भएको हो । संविधान घोषणा हुने विशेष समारोहमा बिभिन्न देशका राष्ट्राध्यक्ष, सरकार प्रमुख र प्रतिनिधि पनि सहभागी हुने सरकारले जनाएको छ । आइतबार र सोमबार दुई दिन सरकारले सार्वजनिक बिदा दिने तयारी पनि गरेको छ ।
संविधानको विधेयक पारित भएसँगै ६५ वर्षदेखि संविधानसभामार्फत संविधान बनाउने सपना पूरा भएको छ । पारीत संविधान ३ सय २ धाराबाटा धारा थप गर्ने संशोधन प्रस्ताव पछि तीन सय आठ धारा पुगेको छ । धारा पारित गर्ने क्रम आइतबारदेखि सुरु भएको थियो । मंगलबार धारा एक सय ७६ सम्म पारित भएको संविधानसभाले हजो बाँकी धारा ध्वनि मतले पारित भएको हो ।