कैलालीमा उतसाहापूर्वक रुपमा तीज मनाईदै

राजेन्द्र रावल

भदौ ३०, कैलाली – नेपाली हिन्दु महिलाले आज हरितालिका तीज विषेश उल्लासका साथ मनाउँदैछन् । देवाधिदेव महादेवको पूजा अर्चना र व्रत बस्दै महिलाहरुले हरितालिका तीज मनाउँदै छन् । निराहार बसी महिलाहरु बिहार्नै देखि शिवालयमा पुगेका छन् । महिलाहरू सबेरै स्नान गरी शुद्ध वस्त्र पहिरेर पूजा सामग्री तयार पार्छन् । त्यसपछि पशुपतिनाथ लगायत शिव मन्दिरमा गई शिव–पार्वतीको पूर्जाअर्चना गर्ने चलन छ । तीज अवधिभर महिलाहरू रातो पहिरनमा सजिने गर्छन । आज कैलालीको सडकपुर बौनिया बजारमा रहेको जयकुम्भेकश्वर मन्दीर तथा वर्दगोरीया धार्मिक पर्यटकीय क्षेत्र, घोडाघोडी लगाएतका ममठमन्दीरमा भने बिहानैदेखि पुजापाठ सुरु भएको छ । शिवपुराणमा उल्लेख भएअनुसार पार्वती बाल्यकालदेखि नै महादेवप्रति भक्तिभाव राख्थिन् ।

पार्वतीको कठोर निराहार व्रतका प्रभावले महादेव पति पाउन सफल भएको धर्मग्रन्थमा उल्लेख छ । सखीले पार्वतीलाई हरित गरेर लुकाउँदा व्रत बसेकाले त्यसैको नामबाट यस व्रतको नाम ‘हरितालिका’ रहन गएको विश्वास छ । त्यस्तै आज महिला हरुको महान चाड हरीतालिका तिज अवसरमा कैलालीको दोदोधरा७ सडकपुर बौनिया बजारको नया बस पार्कमा तिज नृत्य प्रतियोगिताको आयोजना गरीएको छ । यस्तै कोटातुल्सीपुर गाविसको वडा न १ कालिका माविको प्रांगणमा कालिका युृवा क्लबको आयोजनामा तिज नृत्य प्रतियोगिता आयोजना गरीएको क्लब अध्यक्ष उदय सिंह विसीले जानकारी दिनु भयो ।

यस्तै कैलालीका विभीन्न वजार र चोकहरुमा समेत तिज नृतय प्रंतीयोगिता आयोजना गरीका छन् । वलिया वजार व्यवस्थापन सािमतीको आयोजनामा वलिया वजार विषेस तिज प्रतयोगीता सम्मपन्न भयको छ । लम्की चुहा नगरपालिका वडा नं. १० कौवापुर लगायता ठाउमा समेत तिज नृतय प्रतीयोगीता सम्मपन्न भयका छन् । विहानै देखि राति साडिमा सजीयका महिला र युवतीहरु वजारमा देखिरहेका छन् । कतिपयले नीराहार वर्त वसेतापनि युवतिहरुले भने फलफुल समेत खाने गरेको हामि स.ग कुरा गर्दै दोदोधरा ५ वेलुवाकि वीमला रोकाया ले वताईन् । डक्टरहरुले भने स्वास्थयको ख्याल गर्न सवैमहिलाहरुलाई आग्रह गरेका छन् ।