कुलोमा डुबेर एक बालको मृत्यु

भदौ ३० , कैलाली –कैलालीको पथरैया गाविसमा मंगलबार कुलोमा डुबेर एक बालको मृत्यु भएको छ । पथरैया गाविस–८, का तीन वर्षीय आरएम चौधरीको कुलोमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घर नजिकै रहेको कुलोमा खेल्दै गर्दा बालक डुबेका थिए । डुबेर बेहोस् भएका बालकलाई स्थानीय उद्धार लम्कीस्थित लालरत्न मेडिकलमा पु¥याएका र उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै उर्मा गाविस–१, उर्मीमा एक महिला मृत भेटिएकी छिन् । सियाराम रानाकी श्रीमती ४५ वर्षीया महामती रानाको शब घर नजिकै खेतबारीमा भेटिएको प्रहरीले जनाएको छ ।
स्थानीयका अनुसार उनी केही दिनदेखि बेपत्ता थिइन । खोजी गर्दा मृत भेटिएको प्रहरीले जनाएको छ । शब पोष्टमार्टमपछि आफन्तलाई बुझाइएको छ ।
यस्तै डोटीको दिपायल–सिलगढी नगरपालिका–९, बस्ने रंग भट्ट आफ्नो घरको कोठामा सुतिरहेको अवस्थामा मृत भेटिएका क्षेत्रीय प्रहरी कार्यालय दिपायलले
जनाएको छ । क्षेत्रीय प्रहरी कार्यालयका अनुसार प्रहरीका अनुसार सोमबार राति कोठामा एक्लै सुतेका उनी दोश्रो दिन बिहान मृत भेटिएका हुन् ।