संयुक्त राष्ट्र संघको ७० औं महासभा आजबाट सुरु हुँदै

भदौ २९, काठमाडौं – संयुक्त राष्ट्र संघको ७० औं महासभा मंगलबार(आज)बाट सुरु हुँदैछ । महासभामा छलफलका लागि तयार पारिएको संगठन सुधारसम्बन्धी दस्तावेजको सभाले सर्वसम्मत रुपमा स्वीकार गरेको छ ।
प्रस्तावित दस्तावेजमा सुरक्षा परिषदको सदस्य वृद्धि गर्नेसम्बन्धी प्रस्तावलाई निकै महत्वपूर्ण मानिएको छ । यद्यपी चीनले भने सम्झौताको दस्तावेजमाथि आफ्नो देशको कुनै योगदान नरहने स्पष्ट पारेको छ ।
राष्ट्रसंघले पारित दस्तावेजमाथि आगामी एक बर्षसम्म छलफल गर्नेछ । राष्ट्रसंघ अध्यक्ष सैम कुटेसाले बैठकको पूर्ण सत्रको आह्वान गरेका छन् ।
यस सत्रमा बराबर प्रतिनिधित्व र सुरक्षा परिषदको सदस्य बढाउने सम्बन्धि प्रस्तावमा छलफल हुने छ ।