रौतहटका तीन जना पत्रकारलाई ज्यान मार्ने धम्की

भदौ २९,रौतहट – मधेश समाजवादी फोरमका केन्द्रीय सदस्य एवं पूर्व सभासद बबन सिंहले रौतहटका तीन जना पत्रकारलाई ज्यान मार्ने धम्की दिएका छन् ।
उनले एक एफएम कार्यक्रममा अन्तर्वार्ता दिंदै सार्वजनिक रुपमै नागरिककर्मी मदन ठाकुर, एभिन्यूज टेलिभिजनका रौतहट संवाददाता गौतम श्रेष्ठ र कान्तिपुर पत्रिकाका शिव पुरीलाई ज्यान मार्ने धम्की दिएका हुन् ।
गत आईतबार रौतहटको सदरमुकाम गौरमा निषेधाज्ञाको समयमा प्रबेश गर्न खोज्ने संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्तासँग प्रहरीको कबिर चोकमा भएको झडपको प्रकाशित समाचारको बिषयलाई लिएर सिंहले उनीहरुलाई ज्यान मार्ने धम्की दिएका हुन् ।
नेपाल पत्रकार महासंघ रौतहट शाखाले भने हुँदै नभएको समाचारको विषयमा धम्की दिएकोप्रति आपत्ति जनाएको छ ।