आज राष्ट्रिय बालदिवस विभिन्न कार्यक्रम गरी देशभर मनाइदै

भदौ २९, काठमाडौं – आज राष्ट्रिय बालदिवस २०७२, विभिन्न कार्यक्रम गरी देशभर यो दिवस मनाईुँदैछ । यसवर्ष दिवसको नारा ‘पुननिर्माण र संविधानः बालअधिकारको संरक्षण हाम्रो अभियान’ तय गरिएको छ । महिला, बालबालिका तथा समाज कल्याण मन्त्री निलम केसीको संयोजकत्वमा रहेको मूल समारोह समितिको आयोजनामा आज काठमाण्डुमा विशेष कार्यक्रम हुँदैछ । बिहान प्रभातफेरी गरेर ११ बजे लैनचौरमा रहेको समाज कल्याण परिषद्को परिसरमा प्रधानमन्त्रीको उपस्थिितिमा विशेष कार्यक्रम हुन लागेको छ ।
दिवसको अवसरमा शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री कोइरालाले बालबालिकाको हितका लागि राष्ट्र संघीय महासन्धि तथा त्यससँग सम्बन्धित अन्तर्राष्ट्रिय तथा राष्ट्रिय कानुनहरु बनाएर प्रतिबद्धता जनाइसकेकाले सरकार बालअधिकार संरक्षण प्रतिबद्ध रहेको बताउनु भएको छ । उहाँले सरकारले अहिले मुख्य गरी बालबालिकाको बचावट, संरक्षण, विकास र सहभागिता जस्ता चारवटा महत्वपूर्ण क्षेत्रमा ध्यान केन्द्रीत गरेको पनि बताउनुभएको छ ।
त्यस्तै महिला तथा बालबालिका मन्त्री निलम केसीले पनि दिवसको अवसरमा शुभकामना दिनुहँदै बालअधिकार संरक्षणमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।