नयाँ संविधानको परिमार्जित विधेयकमाथि दफावार मतदानको क्रम आज पनि जारी

भदौ २९, काठमाडौं – संविधानसभामा नयाँ संविधानको परिमार्जित विधेयकमाथि दफावार मतदानको आज पनि हँदै छ । अहिले सम्म संविधानसभामा नयाँ संविधानको धारा ५७ सम्म पारित भएकोे छ ।
अहिले बिहान १० बजे बस्ने बैठकमा दफावार मतदान सुरु हुने भएको छ । आज दिनभरमा दफावार मतदान टुंग्याउने प्रयास गर्ने संविधानसभा सचिवालय जनाएको छ । अहिले सम्म धर्म्निरपेक्षता खारेज गरी हिन्दूराष्ट्र कायम गर्नुपर्ने माग संविधानसभाको बहुमतले अस्वीकार गरेको छ । संविधान संशोधन विधेयकको धारा ४ मा धर्म्निरपेक्षताको व्यवस्था खारेज गर्न राप्रपा नेपालले गरेको संशोधन प्रस्ताव ध्वनी मतका आधारमा अस्वीकृत भएको हो । तर, उक्त धारामा ‘धर्म्निरपेक्षता भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षणलगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्ने’ उल्लेख रहेको छ ।
संविधानसभामा तत्काल कायम रहेका ५ सय ९८ सदस्यमध्ये ५ सय ४० सभासद् संविधान निर्माणकोअन्तिम प्रक्रियामा सहभागी छन् । यो कुल सदस्य संख्याको ९० दशमलव ३१ प्रतिशत हो । मधेस केन्द्रित साना दलका ५८ सभासदले भने संविधानसभाको प्रारम्भिक मस्यौदा निर्माणको प्रक्रियादेखि नै संविधानसभा बहिस्कार गरिरहेका छन् ।