टीकापुरमा सामाजीक सदभाब कायम गर्न छलफल

राजेन्द्र रावल

भदौ २८  कैलाली – सामाजिक सद्भाव कायमको लागि आज कैलालीको पथरैया गाविसमा छलफल गरिएको छ । संघियताको सिमाङ्कनको बिषयलाई लिएर पछिल्लो समयमा भदौ सात गते टीकापुरमा घटेको हिंसात्मक घटना पछि पहाडि र थारु समुदाय बिच बिग्रिएको सद्भाव कायम गने उदेश्यले स्थानिय शान्ति समिति पथरैयाको आयोजना तथा शान्ति तथा सद्भाव सर्वपक्षीय नागरीक समिति कैलालीको आतिथ्यतामा छलफल गरिएको हो ।

स्थानिय शान्ति समिति पथरैया संयोजक गंगा थापाको सभापतित्वमा भएको छलफल कार्याक्रममा पथरैया गा।वि।समा रहेका राजनैतिदल, बडघर, शिक्षक, समाजसेवी, बुद्धिजिवी, वाड नागरीक मञ्चका संयोजक, पत्रकार र रेडक्रसकर्मि लगाएतकाको सहभागिता रहेको थियो । छलफल कार्याक्रममा बोल्ने अधिकाश वत्ताले पथरैया गा।वि।समा सद्भाव नखलबलिएको र पथरैया गा।वि।सका वाड नम्बर १ पथरैया, वडा नम्बर २ अमौरा र वडानम्बर ३ अमौरी गाउमा बस्दै आएका दुबै समुदायका मानिसहरु अझै खुलेर आफनो व्यापार व्यवसाय, तथा ज्याल मजदुरी गर्न नसकेको बताएका थिए ।

शान्ती तथा सद्भाव सर्वपक्षिय नागरीक समिति कैलालीका संयोजक प्रभात कुमार चौधरीले गा।वि।समा शान्ति सद्भावको अवस्था नबिग्रीयोस भन्ने उद्धेश्यले आज कैलालीको पथरैया,दुर्गौली,जानकीनगर र मुनुवा गा।वि।समा स्थानिय संग छलफल गर्ने बताएका छन् । शान्ती तथा सद्भाव सर्वपक्ष्ँिय नागरीक समितिमा नेपाली कंग्रेसका नृप ओड , कानुन व्यवसाय नाथुराम महतो, शिक्षक पुरन प्रसाद चौधरी, मानव अधिकारकर्मि चित्रा पनेरु , थारु कल्याणकारी सभा इन्दु चौधरी, थारु नागरीक समितिका रामदाश चौधरी, र अधिवक्ता जोहारीलाल चौधरी रहेका थिए  ।