३१ वटा विधामा अवार्ड प्रदान गर्दै ‘चौथो म्यूजिक खबर म्यूजिक अवार्ड’ सम्पन्न

काठमाडौँ – ‘चौथो म्यूजिक खबर म्यूजिक अवार्ड’ काठमाण्डौको नाचघर जमलमा सम्पन्न भएको छ । ३१ वटा विधामा प्रदान गरिएको अवार्डमा कलाकारको प्रस्तुती पनि संगसंगै रहेको थियो । अवार्ड समारोहमा सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत विधामा माधव खरेलले “मेरो देशका झण्डा” बोलको गीतबाट अवार्ड जितेका छन् । यस्तै, पप गायन पुरुषतर्फ माया बस्यो गीतबाट कृष्ण कार्कीले अवार्ड जिते भने महिलातर्फ एन्जिला रेग्मीले “पिरतीको गोली”बाट अवार्ड पाइन् । अनि  पप संगीतकार विधामा दिपक शर्माले “माया बस्यो” गीतबाट अवार्ड जित्न सफल भए ।IMG_0223

नवप्रतिभा लोकदोहोरीको अवार्ड संझना भण्डारी र सञ्जय फ्राउनफेल्डर,लोकदोहोरी महिला मोडलको अवार्ड पार्वती राई, लोकदोहोरी मोडल पुरुषको अवार्ड नारायण ढकाल, लोकदोहोरी निर्देशकको अवार्ड शंकर वीसी, लोकदोहोरी शब्दको अवार्ड रमेश वीजी, लोकदोहोरी गायिकाको अवार्ड मुना थापामगर, लोकदोहोरी गायकको अवार्ड बद्री पंगेनी, लोकगीतको अवार्ड राजु परियारले प्राप्त गरेका छन् । IMG_0242

चलचित्र गीतकारतर्फ भने डाक्टर कृष्णहरी बरालले चलचित्र ‘कोहिनुर’को शिर्ष गीतबाट प्राप्त अवार्ड प्राप्त गर्न सफल भए । यस्तै, पाश्र्व गायिकातर्फ माण्डवी त्रिपाठीले चलचित्र ‘लज्जा’को ‘मात लाग्यो’ बोलको गीतबाट अवार्ड पाउँदा पाश्र्व गायकतर्फ भने युवराज चौलागाइले चलचित्र ‘नोभेम्बर रेन’को ‘तिमीलाई म के भनु’ बोलको गीतबाट अवार्ड चुमे । चलचित्र संगीतकार विधामा अर्जुन पोख्रेलले ‘स्टुपिड मन’को ‘तिम्रो आँखामा’ बोलको गीतबाट पाए । गजल विधामा ‘साउनको भेलजस्तो’ बोलको गीतबाट डब्बु क्षेत्रीले अवार्ड पाए । IMG_0283

कार्यक्रममा लोक गायक राजु परियार लामो समयपछि स्टेजमा झुल्किए । उनले गीत गाउँदा माहोल तातेको थियो । गायिका अञ्जु पन्तले आफ्नो चर्चित गीतहरु गाएकी थिइन् । मोडल तथा निर्देशक शंकर वीसीले चलचित्र ‘वडा नम्बर ६’को ‘सुर्के थैली खै’ बोलको गीतमा नृत्य गरे । गायक आनन्द कार्कीले आफ्नो सार्वजनिक हुन लागेको ‘तिमीसँग आउँदैछु’ बोलको गीत गाएका थिए ।IMG_0275

यस्तै, ‘म्यूजिक खबर संगीत पत्रकारिता पुरस्कार’ पत्रकार कृष्ण भट्टराइलाई नगद ५ हजार ५ सय ५५ सहित प्रदान गरियो । ‘पब्लिक च्वाइस अवार्ड’ संगीतकार विकास चौधरीले ‘बब्ली तिम्रो जोवन’ गीतबाट पाए । जुरी अवार्ड राजन ठकुरीले प्राप्त गर्दै गर्दा रेवत राइलाई प्रोत्साहन पुरस्कार प्रदान गरियो ।

IMG_0259
बाल प्रोत्साहन पुरस्कार विश्वकै कान्छा निर्देशक सौगात बिष्ट र गायिका दर्शना महर्जनलाई प्रदान गरिएको थियो । म्यूजिक खबर डायस्पोरा संगीत सम्मान कुमार पुनले प्राप्त गरे ।
IMG_0269