महोत्तरीमा गोली चल्यो, ४ को मृत्यु,१ दर्जन घाइते

भदौ २३, महोत्तरी –  महोत्तरीको सदरमुकाम जलेश्वरमा प्रदर्शनकारी र प्रहरीबीच  झडप भएको छ । आन्दोलनकारीले जलेश्वरस्थित जिल्ला प्रहरी कार्यालय घेराउ गरेर आक्रमण गरेपछि प्रहरीले गोली चलाएको हो ।

प्रदर्शनकारीलाई नियन्त्रणमा लिन गोली चलाउँदा गोली लागी ३ जना प्रदर्शनकारी मारिएका छन् । अर्का एक जनाको अस्पताल लैजाँदै गर्दा मृत्यु भएपछि मारिनेको संख्या ४ पुगेको बताइएको छ । जलेश्वर नगरपालिका १४ का मुसवा कापर, जलेश्वर ७ का रोहन चौधरी र महोत्तरी गाविसका रामविवेक यादवको मृत्यु भएको हो । मृतक एक जनाको सनाखत भएको छैन ।

१ दर्जन भन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् ।